२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वन, वन्यजन्तु तथा वातावरण संरक्षणमा महिला सहभागिता विषयक गोष्ठी धरानमा सम्पन्न



धरानमा प्रदेश स्तरीय वन, वन्यजन्तु तथा वातावरण संरक्षणमा महिला सहभागिता विषयक गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेशको वन निर्देशनालय धरानको आयोजना र वन प्राविधिक श्रीमती समुह बबरमहल, काठमाण्डौको सहजिकरणमा एक दिने वन वन्यजन्तु तथा वातावरण संरक्षणमा महिला सहभागिता विषयक गोष्ठी सम्पन्न भएको हो ।

वन निर्देशनालय धरानको सभाहलमा भएको कार्यक्रममा महिला प्रहरी, महिला वनकर्मी, सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी, वन विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलगायतको सहभागिता थियो ।

कार्यक्रममा नेपालमा सामुदायिक वन विकासमा महिला सहभागिता, वर्तमान अवस्था , अवसर र चुनौती सम्बन्धमा वन प्राविधिक श्रीमती समुहका सदस्य कल्याणी रिमालले प्रस्तुती गर्नुभएको थियो । त्यसैगरी नेपालमा नेतृत्व विकास र सामुदायिक वन उपभोक्ता समुहको वर्तमान अवस्थाः  अवसर र चुनौती विषयमा सामुदायिक वन उपभोक्ता महासंघ सुनसरीका अध्यक्ष गंगा कुमारी गुरुङले प्रस्तुती दिएकी थिइन् । 

कार्यक्रमका प्रमुख अतिथि एवं पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेले हरेक क्षेत्रमा महिलाहरूको सहभागिता अत्यावश्यक रहेको र पछिल्लो समय वन विज्ञान अध्ययनमा छात्र भन्दा छात्राहरूको संख्या उल्लेखनिय रूपमा वृद्धि भईरहेकाले महिलाहरूको नेतृत्व तथा क्षमता विकासमा जोडदिनुपर्ने र सहभागितामुलक कार्यक्रमहरूको निरन्तरता हुनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै सामुदायकि वन उपभोक्ता महासंघ कोशी प्रदेशका अध्यक्ष तुलसी संग्रौलाले सामुदायिक वनको क्षेत्रमा कार्य गरेका व्यक्तिहरू स्थानीय, प्रदेश र संघिय सरकारको जनप्रतिनिधिको रूपमा देख्न पाउँदा खुशी व्यक्त गर्दै नीतिगत तहमा रहेका जनप्रतिनिधिहरूले वन संरक्षण जस्तो प्रकृतिको संरक्षण कार्यमा खटिएका वनकर्मचारी, सुरक्षाकर्मी, संरक्षणकर्मी तथा समुहका आम उपभोक्ताहरूलाई सम्बोधन हुने गरी सरकारले बजेट तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रमका सहभागिहरूले यस्ता किसिमका कार्यक्रमहरू जिल्ला जिल्लामा राख्न सके महिला सशक्तिकरण एवं महिलाको भुमिका सन्दर्भमा हरेक तहमा जानकारी दिन सकिने कुरामा जोड दिएका छन् ।

कार्यक्रमका सहभागीहरूलाई संस्थाको परिचय सहित सदस्य सरिता भण्डारी पोखरेलले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सञ्चालकको रूपमा कल्पना काफ्लेले सहजिकरण गर्नुभएको थियो ।  कार्यक्रम प्रदेश वन निर्देशक इन्द्र मणि भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

a

प्रकाशित मिति : २०८१, २३ जेठ बुधबार ००:००  २ : ०४ बजे