२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीको नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित



कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ ।

बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतीले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे ।

आइतबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

दुई दिनको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबारको बैठकमा जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रदेशसभाको अर्को बैठक १ असार दिउँसो ३ बजे बस्नेछ । सो बैठकमा सरकारले बजेट प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति : २०८१, २४ जेष्ठ बिहिबार ००:००  ४ : ०९ बजे