२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेशको मुख्यमन्त्रीमा सतिशकुमारले लिए शपथ



मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् ।

जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् । पण्डितले खोजेको शुभमुहूर्तको समयमा उनले शपथ गरे ।

मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ ।

सप्तरी क्षेत्र नम्वर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सिंह तिलाठी गोइलाठी गाउँपालिका ४ स्थायी बासिन्दा हुन् । लोसपाबाट राष्ट्रियसभा सदस्य रहेका बुवा शेखरकुमार सिंह पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए ।

मुख्यमन्त्री बन्न सफल सिंह पनि जनमतमा प्रवेश गर्नुअघि तत्कालीन राजपा (अहिलेको लोसपा) मै सक्रिय थिए । सोही पार्टीबाट ०७४ मा तिलाठी गोइलाठी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।

०७९ मा पुनः गाउँपालिकामा चुनावी मैदानमा उत्रे तर पराजित भए । त्यसपछि उनले जनमत पार्टीमा प्रवेश गरी प्रदेशसभा सदस्यमा चुनाव लडेपछि निर्वाचित भए ।

दलका नेता महेशप्रसाद यादवलाई बाइपास गरेर अध्यक्ष डा. सीके राउतले उनलाई अघि सारेको भन्दै पार्टीमा असन्तुष्टि बढेको छ ।

प्रकाशित मिति : २०८१, २५ जेठ शुक्रबार ००:००  १ : ०६ बजे