२०८१, ५ असार मंगलबार | Tue Jun 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेशकाे समृद्धिका लागि ९ निर्णय गर्दै मुख्यमन्त्री सतिश सिंहले गरे पदभार ग्रहण



मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गर्दै ९ वटा निर्णय गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरेका हुन् ।

मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने निर्णय गरेका छन् ।

यस्तै मधेश प्रदेशका प्रत्‍येक जिल्लामा नमुनाको रुपमा १/१ वटा खुला शैक्षिक पार्क तयार गर्ने उनले बताए । मधेश प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापन पर्ने निर्णय भएको उनले बताए ।

वैदेशिक रोजगारबाट सीप सिकेर फर्किएका जनशक्तिलाई परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने कार्यक्रम लागू गर्ने निर्णय भएको उनले बताए ।

उनले मधेशमा रहेको चरम भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन कायम गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको बताए । उनले भने, ‘म जतिदिन पदमा रहन्छु, सबै दललाई मिलाएर सहकार्य गरेर जनताको पक्षमा काम गर्छु।’

प्रकाशित मिति : २०८१, २५ जेठ शुक्रबार ००:००  ४ : ५९ बजे