२०८१, १२ असार मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड, ओली र रवि लामिछानेबीच राजदूतमा भागबन्डा मिल्याे



सत्तारूढ तीन शीर्ष दलबीच रिक्त ११ देशको राजदूतमा भागबन्डा मिलेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच हिजो बसेको बैठकले राजदूतमा भागबण्डा मिलाएको हो ।

तीन दलका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार एमालेलाई ८, रास्वपालाई २ र माओवादीले १ देशको राजदूत पाउने सहमति बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हिजो सहमति भएपछि आज बस्ने मन्त्रिपरिषद्को बैठकले आज राजदूत नियुक्ति गर्ने तयारी गरेको छ। त्यसका लागि ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।

सत्ता समीकरण फेरिएपछि कांग्रेस र जसपाको कोटाबाट नियुक्त भएका ११ देशका राजदूतलाई सरकारले जेठ २४ गते फिर्ता बोलाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०८१, ८ असार शुक्रबार ००:००  ११ : १५ बजे