२०८३, २९ जेष्ठ शुक्रबार | Fri Jun 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्रीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने



उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दाको बहस बिहीवार सकिएको हो।

उक्त मुद्दाको फैसला बिहीवारै दिने तयारी सर्वोेच्चले गरेको छ।

यसअघि मङ्गलवार दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मीडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै गत जेठ १४ मा रिट दायर गरेका थिए।

प्रकाशित मिति : २०८१, २० असार बिहिबार ००:००  ३ : ५३ बजे