२०८१, ९ माघ बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले साउन ६ गते संसदबाट देशबासीलाई सम्बोधन गर्ने



प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

आइतबार प्रधानमन्त्री नियुक्त भइ सोमबार शपथ ग्रहण गरेका ओलीले प्रधानमन्त्रीको हैसियतमा संसदमार्फत देशबासीलाई साउन ६ गते बस्ने संसद बैठकमा सम्बोधन गर्ने नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

सोमबारै बसेको ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई एक महिनाभित्र केही न केही फरक गरेर देखाउन ओलीले निर्देशन पनि दिएका छन् ।

कांग्रेस-एमाले गठबन्धनबाट बनेको सरकारले आजै पूर्णता पाएको छ । जसमा एमालेका प्रधानमन्त्रीसहित ९ जना, कांग्रेसबाट १० जना मन्त्री बनेका छन् । त्यस्तै, लोसपाबाट एकजना र अशोक राई नेतृत्वको जसपाबाट २ जना मन्त्री बनेका छन् ।

प्रकाशित मिति : २०८१, ३२ असार सोमबार ००:००  १० : १४ बजे