२०८१, २२ भाद्र शनिबार | Sat Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामाको दावी पेश



बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दावी पेश गरेका छन्। कांग्रेस र एमालेको समर्थनमा लामाले मुख्यमन्त्री दावी गरेका हुन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न मंगलबार साँझ पाँच बजेसम्मको समय दिएर दलहरूलाई आह्वान गरेका थिए।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्रै पदमा नियुक्तिको प्रयोजनका लागि आइतबार नै दाबी पेश गर्न आह्वान गरेसँगै सोमबार लामाले कांग्रेस र एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीको दावी पेश गरेका हुन्।

एक सय १० प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका र्दुइ सांसद छन्।

सरकार गठनका लागि बहुमत सांसद अर्थात कम्तीमा ५६ सांसदको समर्थन आवश्यकता रहेकोमा कांग्रेस र एमालेसँग रहेका सांसदको संख्या ६४ छ।

प्रकाशित मिति : २०८१, ८ श्रावण मंगलबार ००:००  १ : ३३ बजे