२०८१, २२ भाद्र शनिबार | Sat Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहादुर सिंह लामाको राजनीतिक छलाङ : नेविसंघ सदस्यदेखि मुख्यमन्त्रीसम्म

बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामा को हुन् ?



बागमती प्रदेशमा कांग्रेसका युवा नेता बहादुर सिंह लामा मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले कांग्रेस संसदिय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

देशका दुई ठुला दल कांग्रेस र एमालेको संयुक्त प्रस्तावमा लामा मुख्यमन्त्री भएका हुन् । भोली बिहान ११ बजे सपथ ग्रहणपछि लामाले मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने छन् ।

२०२७ कात्र्तिक ०८ गते नुवाकोटमा बुबा दिपबहादुर लामा तामाङ र आमा पुर्णिमाया लामाको कोखबाट जन्मिएका लामाले नेपाली राजनीतिमा छलाङ मारेका छन् ।

बाल्यकाल देखिनै अब्बल र हक्की स्वभावका लामाले गाउँकै विद्यालयबाट नि.मा.बि, सदरमुकामबाट एस.एल.सी तथा काठमाडौको शंकर देव क्याम्पसबाट स्नातक सम्मको शिक्षा हाँसिल गरेका छन् ।

२०४३ सालदेखि काङ्ग्रेसको संघ नेपाल विद्यार्थी संघको सदस्यता लिएर औपचारिक राजनीतिमा होमीएका लामा ने.बि संघ शंकरदेव क्याम्पस ईकाई सदस्य, ने.बि संघ नुवाकोट क्षेत्रिय सभापति,  जिल्ला उपसभापति हुँदै काङ्ग्रेसको राजनीतिमा उदाएका थिए ।

२०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोटको साविक मनकामना गा.वि.स अध्यक्षमा भारी मतका साथ निर्वाचित लामा नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय छन् ।

पार्टीको १३ औं महाधिवेशनमा निर्वाचित केन्द्रिय सदस्य उनी हाल पनि कांग्रेसको वर्तमान केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

२०६४ सालमा नुवाकोट क्षेत्र नं. ३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा झिंनो मतान्तरले पराजित भएका लामा लगातार जनताको बीचमा रहेर काम गरे । फलस्वरुप २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीका महासचिव पोष्टबहादुर बोगटीलाई भारी मतले हराएर संविधानसभा सदस्य पदमा निर्वाचित भए ।

लामा २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । संघिय संसदमा उनको प्रभावशाली उपस्थिती रह्यो । संघिय सांसदहुँदा जिल्लाको विकासमा महत्वपूर्ण योगदान गरेर विकासप्रेमी नेताका रुपमा स्थापित भए ।

२०७९ सालमा बागमती प्रदेशसभा सदस्य निर्वाचित भए । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र लामा, कांग्रेस वृत्तमा प्रभावशाली नेता भएकै कारण बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भए ।

२०७९ चैत २६ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले अड्डि कसेर अन्य अन्य ५ मन्त्रालय काङ्ग्रेसको भागमा पार्न सफल भए । अर्थमन्त्रालयमा रहँदा बागमतीको विकासका बागडोर सम्हाल्ने र समानुपातिक विकासका नायक बने ।

कांग्रेस भित्र कार्यकर्ता बीच लोकप्रिय र अन्य दलका कार्यकर्ताको पनि मन जित्न सफल सालिन नेता बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

गर्विलो राजनीतिक इतिहास बोकेका लामाले आफुलाई दिगो विकास र समृद्धिका नायकका रुपमा स्थापित गर्दै संघियतालाई संस्थागत गर्दै प्रदेश संरचनाको महत्व बढाउने गहन जिम्मेवारीमा पुगेका छन् ।

प्रकाशित मिति : २०८१, ८ श्रावण मंगलबार ००:००  ८ : ५० बजे