२०८१, १ कार्तिक बिहीबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सौर्य एयरलाइन्सको जहाज दुर्घटना, क्याप्टेनको उद्धार



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९ एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।

यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।

जहाजमा चालकदलसहित १९ जना बताइएको छ । यद्यपि विमानस्थल कार्यालयले यसबारे पुष्टि गरेको छैन् ।

स्रोतका अनुसार जहाजमा सर्वसाधारण यात्रु थिएनन् । सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ ।

सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।

उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१, ९ श्रावण बुधबार ००:००  १२ : १४ बजे