२०८१, २२ भाद्र शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघियताको जगमा समृद्धिको अभियान : मुख्यमन्त्री लामा



बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संघियताको जगमा समृद्धिको अभियान चलाउने प्रतिवद्धता जनाएका छन् ।  मुख्यमन्त्री लामाले संविधानले तोकेको प्रदेश सरकारको एकल अधिकार प्रयोग गर्दै संघ र स्थानीय तहसँग पनि समन्वय गरेर संघियताको मर्म अनुसार समृद्धिको अभियान अघि बढ्ने बताएका हुन् ।

प्रदेशको आर्थिक समृद्धि, उत्पादन मार्फत प्रदेशबासीको आयस्रोत वृद्धि, फजुल खर्च नियन्त्रण र सुशासनको प्रत्याभूति आफ्नो प्राथमिकतामा पर्ने मुख्यमन्त्री लामाले प्रतिवद्धता जनाएका छन् ।

निष्ठावान भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका मुख्यमन्त्री लामाले कानुन अभावमा जनताको काम रोकिन नहुने बताएका छन् ।

मुख्यमन्त्री भएपछि बधाई दिन आएका समर्थकहरुलाई लामाले दिगो विकासको खाका बोकेर आउन सुझाएका छन् ।

प्रदेश सरकारबाट देखिनेगरी काम गर्ने उद्घोष गरेका मुख्यमन्त्री लामा राजनीतिक इतिहास र दिगो विकासको लक्ष्य बोकेका नेता हुन् ।

प्रकाशित मिति : २०८१, १० श्रावण बिहीबार ००:००  ३ : ४० बजे