२०८१, २५ मंसिर मंगलबार | Tue Dec 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने



बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभा सचिवालयलाई नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि सदन आह्वान गरिदिन आग्रह गरेका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।

केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेशमा कांग्रेस र एमालेले सत्ता सहकार्य भएको हो । प्रदेशसभामा कांग्रेसको ३७ र एमालेको २७ मत रहेको छ । सरकार जोगाउन लामालाई ५६ मत भए पुग्छ । लामाले मन्त्रीपरिषद विस्तार गरिसकेका छन् ।

प्रकाशित मिति : २०८१, १३ श्रावण आइतबार ००:००  १२ : ३२ बजे