२०८१, २२ भाद्र शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असुरक्षित बन्दै नेपाली आकाशमा हवाई यात्रा: हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु



हेलिकप्टर दुर्घटनामा ४ चिनियाँ नागरिक सहित ५ जनाको मृत्यु भएको छ ।  नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको हो ।

रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको छ ।

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन् । क्याप्टेन मल्ल बाहेक अरु सबै चिनियाँ नागरिक हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको र उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।

‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भई शिवपुरी गाउँपालिका वडा नं. ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको’, विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दार कार्यका लागि प्रभु हेलिकप्टरको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

नेपाली आकाशमा हवाई यात्रा असुरक्षित बनेको छ । एकै महिना २ हवाई दुर्घटना भएका छन् । साउन ९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइनसको जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो ।

यसैबीच नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

दुर्घटनाको कारणबारे अध्ययन गर्न समिति गठन हुने बताइएको छ ।

प्रकाशित मिति : २०८१, २३ श्रावण बुधबार ००:००  ४ : ४१ बजे