२०८१, २२ भाद्र शनिबार | Sat Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुवास नेम्वाङको स्मृतिमा राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिता हुने, विजेताले ५० हजार पाउने



संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिता हुने भएको छ । अनेरास्ववियु कानून तथा संघिय मामिला विभागको आयोजनामा भाद्र २६, २७ र २८ गते काठमाडौंमा हुने भएको हो ।

संविधानसभाका अध्यक्ष नेम्वाङले नेपालको कानुनी र राजनीतिक क्षेत्रमा गरेको योगदानलाई मरणोपरान्त सम्मान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अनेरास्ववियु कानून तथा संघिय मामिला विभागले राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा अनेरास्ववियु कानून तथा संघिय मामिला विभागका अध्यक्ष गोपाल नेपालले संविधान निर्माण र विधिको शासन कायम गर्न स्वर्गीय नेता नेम्वाङले गरेको योगदानलाई सम्मान गर्दै विद्यार्थीहरुमा कानूनी शिक्षा र वकालत गर्ने सिपको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष समिक बडालले स्वर्गीय नेता नेम्वाङको योगदानको चर्चा गर्दै उनको स्मृतिमा हुने कार्यक्रम भव्य बनाउनुपर्ने बताए ।

४ जना विद्यार्थीको एउटा टिम बन्ने छ । प्रतियोगितामा भाग लिन चाहने टिमले ७ दिन भित्र टिम दर्ता गराईसक्नुपर्ने छ ।

प्रतियोगिताको विजेता टिमलेले ५० हजार र उपविजेताले नगद २५ हजार नगदसहित मेडल, प्रमाणपत्र तथा ट्रफि प्रदान गरिनेछ ।

प्रतियोगिता नेपाली भाषामा विभिन्न ४ चरणमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८१, २४ श्रावण बिहीबार ००:००  ४ : ५७ बजे