२०८१, २२ भाद्र शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृष्ण दमाईले गरे कोटीहोममा भागवत् वाचन



आचार्य कृष्ण दमाईले कोटीहोममा भागवत् वाचन गरेका छन् । उनि दलित समुदायका पहिलो आचार्य हुन् ।

ब्रामण भएर जम्मीएका पण्डितले भागवत वाचन गरेको व्यासनमा बसेर दलित अर्था दमाईले भागवत वाचन गरेको सायदै यो पहिलो घटना हो ।

आज हजारौँ वर्षदेखि चलिआएको जातीय विभेदको पर्खाल भत्किए छ ।

पशुपतिनाथ मन्दिर परिसर बनकालीमा चलिरहेको कोटिहोममा आज एउटा इतिहास रचिएको छ ।

सयौँ वर्षदेखि चलिआएको परम्परालाई चुनौती दिँदै दलित समुदायका पहिलो आचार्य कृष्ण दमाईँ पशुपति कोटिहोम महायज्ञमा व्यासासनमा विराजमान भए । यो दृश्य नेपाली समाजको रूपान्तरणको एक ज्वलन्त प्रतीक हो ।

जन्मँदै कोही पनि ब्राह्मण हुँदैन । जसले भागवत् अध्ययन गर्छ, सत्कर्म गर्छ, त्यही ब्राह्मण हो भन्ने भनाईलाई कृष्ण दमाईले आज पुष्टि गरेका छन् ।

नेपाली समाजमा दलितलाई अझै अमानविय व्यवहार गरिन्छ । दलितहरु जातिय चपेटामा छन् । 

बैतडीको दूरदराज गाउँमा जन्मेका कृष्णले पनि जातिय विभेद खेपेरै आचार्य बन्ने संकल्प लिएका थिए ।

कृष्ण दमाईलाई चार कक्षामा पढ्दा गाउँमा जातीय विभेद खेप्नु परेपछि संस्कृत पढेर पुराण वाचन गर्ने इच्छा पलाएको थियो ।” उनको त्यो सानो इच्छाले आज यस्तो विशाल रूप लिएको छ ।

कृष्णको यात्रा सहज थिएन । कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तीर्ण गरेपछि उनले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ लालझुण्डी दाङबाट संस्कृत साहित्यमा आचार्य उपाधि हासिल गरे । तर, उच्च शिक्षा हासिल गरेर पनि रोजगारीको खोजीमा उनले धेरै सङ्घर्ष गर्नुप¥यो ।

आज पशुपतिनाथको प्राङ्गणमा कृष्णको उपस्थितिले धेरैको आँखामा आँसु ल्यायो । यो केवल एक व्यक्तिको सफलता मात्र होइन, यो सिंगो दलित समुदायको मुक्तिको प्रतीक हो ।

कृष्ण दमाईंँको यो ऐतिहासिक कदमले नेपाली समाजमा जातीय समानता र शैक्षिक अवसरको महत्वलाई उजागर गरेको छ । उनको सफलताले अन्य दलित युवाहरूलाई पनि संस्कृतमा उच्च शिक्षा हासिल गर्न र आफ्नो सपना पछ्याउने प्रेरणा दिएको छ ।

पशुपति कोटिहोममा कृष्ण दमाईंँको व्यासासन केवल एक घटना मात्र होइन, यो नेपाली समाजको रूपान्तरणको एक महत्त्वपूर्ण मोड हो ।

कोटिहोममा कृष्ण दमाईँको व्यासासनपछि यत्ति चाहीँ बुझ्नुपर्छ कि “ज्ञान र कर्मले नै व्यक्तिको मूल्याङ्कन हुनुपर्छ, जन्मले होइन ।”

कोटीहोममा व्यासासनपछि आचार्य कृष्ण दमाइले पशुपतिको चरणमा स्वर्गको महसुस भएको प्रतिकृया दिएका छन् ।

कोटीहोममा कृष्ण दमाईले अब हिन्दूत्वका लागि, सनातनका लागि एकबद्ध रहनुपर्छ । हिन्दू संस्कारलाई बचाउनु छ भने सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरुरी छ । सबैले आआफ्नो ठाउँबाट कम्मर कसेर उठ्नु जरुरी छ । एकएक शब्द होइन, लाखौं शब्दले पूर्व–पश्चिम, उत्तर–दक्षिण सबैतिर धर्मको दियो जलाउनु जरुरी छ । भन्ने सन्देश दिएका छन् ।

प्रकाशित मिति : २०८१, २५ श्रावण शुक्रबार ००:००  ४ : ५८ बजे