२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आदिवासी जनजातिको पहिचान प्रवर्द्धन गरौं : मुख्यमन्त्री लामा



बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आदिवासी जनजाति समुदायको पहिचान प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले आयोजना गरेको ३० औँ विश्व आदिवासी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले पहिचानको धनी आदिवासी समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा जोड दिएका हुन् ।

मुख्यमन्त्री लामाले मुलवासी, आदिवासी समुदाय पहिचानमा धनी भएर पनि यसको संरक्षण हुन नसक्दा पहिचान विहिन हुने अवस्थामा आइपुगेको बताएका हुन् ।

सरकारले पहिचानका पक्षमा काम गर्ने तर समुदायले पनि अपनत्व लिने गरि काम गर्नुपर्ने बताए ।

एउटा समुदायको भाषा अर्को समुदायले प्रस्ट नबुझ्दा कतिपय नाम थर र स्थानको नाम बिग्रिएको बताउँदै त्यसका लागि आदिवासी जनजातिका भाषालाई गैर आदिवासी जनजातिलाई पनि बुझाउन आवश्यक रहेको उनको भनाई थियो ।

प्रदेश सरकारले जनताले देख्नेगरी काम गर्ने बताउँदै मुख्यमन्त्री लामाले जातीय समुदायको पहिचानलाई पर्यटनसँग जोडिने बताए ।  

प्रकाशित मिति : २०८१, २५ श्रावण शुक्रबार ००:००  ८ : ५५ बजे