२०८२, ६ बैशाख शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रक्षामन्त्री राईद्वारा जङ्गी अड्डाको निरीक्षण



रक्षामन्त्री मानवीर राईले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । रक्षामन्त्रीमा नियुक्त भएपश्चात् उनले पहिलो पटक जङ्गी अड्डा पुगेर नेपाली सेनाको बारेमा जानकारी लिएका हुन् ।

रक्षामन्त्री राईको सम्मानमा जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिका बारे जानकारी गराइएको थियो ।

कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले नवनियुक्त रक्षामन्त्री राईलाई नेपाली सेनाका सकल दर्जाको तर्फबाट जङ्गी अड्डामा स्वागत गरेका थिए ।

उक्त अवसरमा रक्षामन्त्री राईले राष्ट्र सेवाप्रति अविचलित समर्पण तथा यस क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको उल्लेख गरेका छन् । समग्र राष्ट्रको, सेनाप्रतिको भरोसालाई कायमै राख्दै आफूलाई प्राप्त संविधान प्रदत्त जिम्मेवारीहरू एवम् अन्य सबै प्रकारका चुनौतीपूर्ण कार्यहरू निर्वाह गर्न भविष्यमा पनि नेपाली सेना सफल हुनेमा उनले विश्वास व्यक्त गरेका छन् ।

उनले नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गरिरहने बताउँदै उच्च हौसलासहित कर्तव्यपथमा समर्पित रहिरहन नेपाली सेनाका सकल दर्जालाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : २०८१, २९ श्रावण मंगलबार ००:००  ८ : ३९ बजे