२०८१, २३ भाद्र आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहरलाई मोहर बनाउँदै भिरकोट : प्लाष्टिक निषेध, सपिङ व्याग निःशुल्क



स्याङ्जाको भिरकोट नगरपालिले फोहोरलाई मोहर बनाईरहेको छ । देशका कतिपय स्थानीय तहलाई फोहरमैला व्यवस्थापन समस्याको विषय बनिरहेका बेला भिरकोट नगरपालिकाले फोहोर प्रशोधन गरी मोहोर भित्र्याउन सफल भएको हो ।

फोहोरमैला व्यवस्थापनका कारण कतिपय ठाउँमा विवादहरु उत्पन्न भएका छन् । बजारबाट उठाइएका फोहरहरुलाई कुनै ठाउँमा लगेर थुपार्ने मात्रै गर्दा त्यसले जनस्वास्थ्य र वातावरण असर पार्ने त्रासले फोहरमैला थुपार्ने ठाउँ वरपरका स्थानीय तथा बस्तीबाट विरोध आउने गरेका उदाहरणहरु प्रसस्तै सुन्न र देख्न पाइन्छन् ।

व्यवस्थापन गर्न जाने मोहोर र नजाने फोहोर हुन्छ भन्ने भिरकोटले प्रमाणित गरिरहेको छ । 

प्रायःफोहरमैला थुपारिएको वरपर दुर्गन्ध र प्रदुषणका कारण जान सक्ने अवस्था हुँदैन । तर भिरकोटमा फोहरमैला व्यवस्थापन गर्ने ठाउँ वरपर बनभोज खान र घुम्ने मिल्ने सुन्दर पार्क छ ।

आँधीखोलाको किनारमा नगरपालिकाले खरिद गरेको र सार्वजनिक गरी झण्डै ६५ रोपनी जग्गामा भीरकोट सरसफाई केन्द्र तथा पार्क सञ्चालनमा रहेको छ ।

नगरपालिकाले पार्क र सरसफाइ केन्द्र एकै स्थानमा बनाएसँगै अहिले देशका विभिन्न ठाउँबाट अध्ययन अवलोकन तथा घुम्नका लागि आउने गरेका बताउँछन् ।

सरसफाइ केन्द्रको अध्ययन अवलोकन गर्न आउने र पार्कमा प्रवेश गर्ने बनभोज खानेहरुसँग शुल्क लिने गरिएको छ ।

नगरपालिकामार्फत नै सञ्चालनमा रहेको पार्कमा विशेष गरी विदाका दिनहरु, चाडबाडका दिनहरु, बिवाह तथा अन्य सभा समारोह तथा सांस्कृतिक कार्यक्रमहरुमा भीड हुने गर्दछ ।

फोहरमैलाको उचित व्यवस्थापन सहरी क्षेत्रका पालिकाहरुमा चुनौती भइरहँदा भिरकोटले फोहरलाई आम्दानीको स्रोतका रुपमा रुपान्तरण गरेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । सुन्दर र समद्ध भिरकोट निर्माणमा फोहोर व्यवस्थापन र फोहोर मार्फत पनि आर्थिक उपार्जनको अभियान चलाइरहेको नगरप्रमुख कर्माचार्यको भनाई छ ।

स्थानीयले घर घरमै कुहिने, नकुहिने र सिसाजन्य फोहोर वर्गीकरण गरेर राख्ने गरेका छन् । नगरपालिकाको एउटा ट्रिपरले आलोपालो कुहिने, नकुहिने र सिसाजन्य फोहोर उठाउने गरेको छ । बजारबाट सङ्कलन भएको फोहोरलाई सरसफाई केन्द्रमा लगेर पुनः वर्गीकरण गरी भण्डारण गर्ने र त्यहीँबाट बिक्री गर्ने गरिन्छ ।

सरसफाइ केन्द्र र पार्कमा स्थानीयले रोजगारी पाएका छन् भने नगरपालिकाले वार्षिक लाखौं रुपैंया आम्दानी गरिरहेको छ ।

प्लाष्टिक निषेध, सपिङ व्याग निःशुल्क

 भिरकोटले नगरभित्र प्लाष्टिक निषेध गर्ने नीति लिएको छ । प्लाष्टिक जन्य सामाग्रीले वातारण बिगार्ने र स्वास्थ्यमा समेत गम्भिर समस्या निम्ताउने भन्दै नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगमा रोक लगाउने, प्लाष्टिक जन्य सामाग्रीहरु प्रशोधन गरेर बेच्ने र प्लाष्टिकको झोलाको सट्टा नगरपालिकाले नै उत्पादन गरेर नगरबासीलाई निःशुल्क सपिङ व्याग वितरण गर्ने भएको छ ।

भिरकोटमा उत्पादन भएको कपडाको सपिङ व्याग अन्य स्थानीय तहमा समेत सस्तोमा विक्रि गर्ने नगरपालिकाको योजना छ ।

प्रकाशित मिति : २०८१, ३१ श्रावण बिहीबार ००:००  १ : ५८ बजे