२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौंडामा व्यवसायीले दिउँसै बत्ति बालेर खोजे जनप्रतिनिधि




हेटौँडाका व्यवसायीहरुले दिउँसै बत्ति बालेर हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधि खोजेका छन् । उपमहानगरपालिकाले गरेको राजश्व बृद्धिको बिरोधमा आन्दोलित भएका व्यवसायीले बिहीबार दिउँसै बत्ति बालेर जनप्रतिनिधि खोजेका हुन् ।

त्यस क्रममा व्यवसायीहरुले उपमहानगरपालिका परिसरमा आज पनि धर्ना दिएका छन् । त्यसअघि हेटौँडा–२ मा रहेको पल्पसा सदनबाट मैनबत्ती र मोबाइल बालेर व्यवसायीहरु ¥याली सहित उपमहानगरपालिका पुगेका थिए । उपमहानगरपालिका परिसर भित्र पनि उनीहरुले मैनबत्ती बालेर धर्ना दिएका थिए ।

गत ७ असारमा सम्पन्न नगरसभाबाट पारित गरेको नीति कार्यक्रम तथा बजेटमार्फत उपमहानगरपालिकाले अस्वभाविक रुपमा कर बृद्धि गरेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले उपमहानगरपालिकाले विभिन्न शिर्षकमा १६ देखि १५० प्रतिशतसम्म कर बृद्धि गरेको भन्दै आन्दोलन गरेका हन् ।

व्यवसायीहरुले करको नयाँ दर खारेज गर्नुपर्ने माग गर्दै आन्दोलन घोषणा गरेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत बिहीबार मैनबत्ती बालेर जनप्रतिनिधि खोजेका व्यवसायीहरुले भोली शुक्रबार सम्पूर्ण व्यवसाय बन्द गरेर चाबि उपमहानगरपालिकामा बुझाउने बताएका छन् । त्यत्ति गर्दा पनि आफुहरुको मागको सुनवाई नभए उपमहानगरपालिकाको निर्णय बिरुद्ध अदालत जाने उनीहरुको दावी छ ।

यसैविच एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने ४८ जना जनप्रतिनिधिहरुले बुधबार विशेष नगरसभाको माग गर्दै उपमहानगरपालिकामा निदेन दर्ता गराएका छन् ।

प्रकाशित मिति : २०८१, ३१ श्रावण बिहीबार ००:००  २ : २६ बजे