२०८३, ७ बैशाख सोमबार | Mon Apr 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा बाढी, दुधकोशी किनारका बस्तिमा सतर्कता



सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ । गाउँपालिकाकाले हिम ताल फुटेकोले बाढी आएको आशंका गरेको छ ।

बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकरी देवी पाण्डेले भोटेकोशी साइड थामेमा ठूलो बाढी आएको बताइन् । उनले हिम पहिरो हो या ताल फुटेको हो भन्ने विषयमा भने बुझ्ने काम भइरहेको जानकारी दिइन् । बाढी आएकाले धेरै घर जोखिममा परेको छ ।

सोलुखुम्बु र ओखलढुंगासहितका दुधकोशी किनारका बस्तिमा उच्च सतर्कता अपनाउन अपिल गरिएको छ ।
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी नारायण ढकालले दुधकोशी आसपासका बस्तिमा सतर्कता अपनाउन र हुनसक्ने क्षति रोक्न अपिल गरेका छन् ।

प्रकाशित मिति : २०८१, ३२ श्रावण शुक्रबार ००:००  ३ : ४४ बजे