बागमती प्रदेश सरकारले गाइजात्राको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले भदौ ४ मा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेश भर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गाईजात्रा प्रदेशमा मनाइने महत्वपूर्ण पर्व रहेकाले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार सार्वजनिक विदा दिने मुख्यमन्त्री बहादुरसिंह लामाले प्रस्ताव गरेका थिए ।
ऐन अनुसार गाईजात्रा पर्वमा हरेक वर्ष विदा दिने व्यवस्था लाइ निरन्तरता दिइएकाे हाे । उक्त निर्णयसंगै बागमती प्रदेशमा भदौ ४ गते गाईजात्राको दिन सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंसथाहरु बन्द रहनेछन् ।
यसैविच शुक्रबारको मन्त्रिपरिषद बैठकले बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ । निर्णय अनुसार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई प्रवक्ताको जिम्मेवारी तोकीएको हो ।
लामिछाने गत साउन १२ मा प्रदेशके आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए । आन्तरिक मामिला मन्त्रालय अन्तर्गत संचार विभाग समेत रहेकोले मन्त्री लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।