२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य क्षेत्रमा अब्बल काम गर्ने गोकर्णेश्वरका मेयरलाई ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’



स्वास्थ्य क्षेत्रमा देशभरमै अब्बल काम गर्ने गोकर्णेश्वरका मेयर दिपक कुमार रिसालले ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ पाएका छन् । स्थानीय तहमा उत्कृष्ट स्वास्थ्य नीति बनाएर गुणस्तरीय सेवा प्रदान गरेका रिसाललाई ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको हो ।

देशभरका ७५३ स्थानीय तह मध्ये स्वास्थ्य क्षेत्रको उल्लेख्य सुधार गरेका काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल शनिवार एक कार्यक्रमका बीच कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले मेयर रिसाल र अध्यक्ष मुक्तानलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।

हरेक वर्ष देशभर उत्कृष्ट काम गर्ने व्यक्ति र संस्थालाई प्रदान गरिने यो अवार्ड यसवर्ष मेयर रिसालले पाएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौंको गोकणेश्वर नगरपालिकामा निर्वाचित मेयर दिपक कुमार रिसारलको सकृयतामा स्वास्थ्य क्षेत्र सुधारमा उल्लेखनीय कार्य गरेबापत देशभरका ७५३ स्थानिय सरकारमध्ये उत्कृष्ट ठहरिँदै मेयर रिसालले २०८० सालमा स्वास्थ्य मन्त्रालयबाट हेल्थ अवार्ड पाएका थिए ।

गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य सम्बद्ध दुरगामी र महत्वाकांक्षी योजना निर्माण र कार्यान्वयन गरिरहेको छ । नगरलाई सबल र सक्षम बनाउने मिसन–भिजन लिएर अघि बढेका मेयर रिसालकै पहलमा नगरबासीलाई नगरभित्रका अस्पतालमा निःशुल्क चेकजाँच तथा सशुल्क उपचार, ‘छोरीहरुले नर्सिङ शिक्षा पढ्न चाहेमा ५० प्रतिशत छात्रवृत्ति, ४० हजार भन्दा बढि नगरबासिहरुको निःशुल्क स्वास्थ्य बिमा गर्ने र बिरामीको उपचार गर्ने तथा नागरिक स्वस्थ राख्न अन्य उपायहरु अपनाउने गरी गर्भावस्था देखि वृद्धावस्था सम्मलाई लक्षित गरेर स्वास्थ्यका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

गोकर्णेश्वरले स्वास्थ्य र खेलकुद जोडेर २ बर्ष भित्रै अन्तराष्ट्रिय स्तरको खेलकुद कबड हल निर्माण गरिसकेको छ ।

स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट काम गरेका मेयर रिसाल नगरबासी माझ निकै लोकप्रिय छन् ।

उनले अघि सारेको स्वास्थ्य नीति अन्य स्थानीय तहले पनि सिको गर्न थालेका छन् ।

प्रकाशित मिति : २०८१, २ भाद्र आइतबार ००:००  ४ : ३३ बजे