२०८१, २२ भाद्र शनिबार | Sat Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत पाए, मन्त्रीमण्डलले पूर्णता पाएन्



लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५ औ बैठकमा  भएको मत विभाजनमा विश्वासको मतको  पक्षमा ७० र विपक्षमा ११ मत परेको छ । सो मत प्रदेश सभाको बहुमत रहेको भन्दै मुख्यमन्त्रीले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा सभामुख तुलाराम घर्ती मगरले गरेका थिए ।

संघमा सत्तासमीकरण फेरिएसँगै गत साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्नेमा मुख्यमन्त्रीले ७० मत पाएका छन् ।  नयाँ सत्ता समिकरण सगै मुख्यमन्त्री बनेका आचार्यको पक्षमा एमाले र कांग्रेस तथा अन्य केही साना दलहरुले मत दिएका छन् । प्रदेश सभामा एमालेका २९, कांग्रेस, २७, माओवादी ११, राप्रसा ४, नाउपा ४, जनमत ३, लोसपा ३, जसपा २, जसपा नेपाल १, नेकपा एकीकृत समाजवादी १, राजमो १ र स्वतन्त्र एक गरी ८७ जना सदस्य रहेका छन् ।

प्रदेश सभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत दिन सबै दललाई आब्हान गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको विकासका लागि सबै सबै एक ठाउमा उभिनुपर्नेमा जोड दिएका थिए ।

विश्वासको मत पाए तर मन्त्रीमण्डलले पूर्णता पाएन

मुख्यमन्त्री नियुक्त भएको २९ औं दिनमा मंगलवारको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत पाए पनि मन्त्रीपरिषदलाई अझै पूर्णता दिन सकेका छैनन् ।  यहाँ १२ सदस्यीय मन्त्रीमण्डल रहने ब्यवस्था गरिएको छ र मुख्य सत्ता घटक कांग्रेु र एमालेवीच सोही अनुसारको समझदारी पनि रहेको छ । तर यहा एमाले र कांग्रेसबाट पाच पाच जना सहभागि हुने भनिएकोमा कांग्रेसले एक जना मन्त्री टुंगाउन नसक्दा मन्त्रीमण्डलले पूर्णता पाउन नसकेको हो ।

हाल मुख्यमन्त्रीसहित एमालेका पाच र कांग्रेसबाट ४ जना मन्त्री रहेका छन् । २ जना मन्त्री साना दलबाट सहभागि गराउने कांग्रेस एमालेले बताउदै आएका छन् । तर साना दल कुन कुनलाई सहभागि गराउने भन्ने निष्कर्षमा पनि यहा सत्ता रुढ दल पुग्न सकेका छैनन् ।

प्रकाशित मिति : २०८१, ४ भाद्र मंगलबार ००:००  ४ : २४ बजे