२०८१, २ माघ बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आरोही कुंगा शेर्पा खिजीदेम्बाको पर्यटन सद्भावनादूत घोषणा



सफल सगरमाथा आरोही कुंगा शेर्पालाई खिजीदेम्बाको सद्भावनादूत घोषणा गरिएको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको पर्यटन प्रवर्द्वनका लागि आरोही शेर्पालाई सद्भावनादूत घोषणा गरिएको हो ।

गाउँपालिकाले काठमाडौंमा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बाका आरोहीहरुलाई सम्मान कार्यक्रम राखेर सोहि कार्यक्रमका बीच पर्यटन सद्भावना दुत घोषणा गरेको छ ।

स्वावलम्बी, कीर्तिमानी र कर्मशिलहरुलाई खिजीदेम्बाको साथ: सहासिक पदयात्रा मार्फत पर्यटन प्रबर्द्वनमा मिलाउँ हातमा हात भन्ने उद्घोष सहित खिजीदेम्बाले पालिकाबाट सगरमाथा चढेका ४६ जना आरोहीलाई सम्मान गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथि पर्यटन मन्त्री बद्रिप्रसाद पाण्डे र आरोही शेर्पा बीच सम्झौता पत्र आदानप्रदान गरिएको छ ।

सद्भावनादूत शेर्पा खिजीदेम्बा ६ का स्थायी बासिन्दा हुन् । ८ पटक सफल सगरमाथा आरोहण गरेका शेर्पाले यसवर्ष खिजीदेम्बा गाउँपालिकाको लोगो सगरमाथाको चुचुरोमा फहराएका थिए ।

पर्यटनको प्रचुर सम्भावना भएको पालिकालाई पर्यटन मार्फत नै समृध्दि बनाउने लक्ष्य अनुरुप आरोही सम्मान, सद्भावनादूत घोषणा जस्ता कार्यक्रम राखिएको र पर्यटन विकासलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको भनाइ छ ।

खिजीदेम्बाले पर्यटन विकासमा गरेको कामको सरोकारवालाले प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : २०८१, १६ भाद्र आइतबार ००:००  २ : १६ बजे