२०८१, ३१ भाद्र सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरहरा सञ्चालन गर्ने सरकारकाे तयारी



तीन वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा बल्ल सञ्चालनमा आउने भएको छ । योसँगै आगामी महिनादेखि धरहरा चढेर काठमाडौं नियाल्ने सर्वसाधारणको चहानापूरा हुने भएको छ ।

सहरी विकास मन्त्रालयले ३ असोजदेखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्न लागेको हो । मन्त्रालयको निर्णयसँगै धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनले पनि बाँकी काम सक्न तीव्रता दिएको छ । रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर दीपक सिंहका अनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम भइरहेको छ । ‘पछिल्लो समय थपिएको मितिअनुसार हामीसँग केही समय अझै बाँकी छ । धरहरा सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम गरिरहेका छौँ,’ सिंहले भने, ‘सुन्धाराबाहेकका काम गर्नुपर्ने हो । ती काम ३ असोजभित्र सक्छौँ ।’ उनका अनुसार बिजुली बत्तीको कामबाहेक अन्य काम सकिसकेको छ । निर्माण कम्पनीलाई थपिएको समय ६ अक्टोबर (२० असोज) मा सकिँदैछ ।

धरहरा सञ्चालनमा प्रधानमन्त्री ओलीले नै चासो दिएपछि पछिल्लोपटक थपिएको मितिभन्दा अगाडि नै निर्माण कम्पनीले काम सक्न लागेको जनाएको छ । उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेपछि प्रधानमन्त्री ओलीले १४ साउनमा मन्त्री तथा सचिवहरूलाई धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २०८१, १९ भाद्र बुधबार ००:००  ९ : २१ बजे