२०८१, २२ आश्विन मंगलबार | Tue Oct 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसीमा साढे ८ करोडको योजना शिलान्यास



प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसीमा साढे ८ करोडको योजना शिलान्यास भएको छ। हलेसी बजार परिसर सडक ढलान, पर्यटकीय स्थल रक गार्डेन जाने सडक ढलान लगायतको योजना पूर्व सहरी विकास मन्त्री माननीय सीता गुरुङले शिलान्यास गरेकी हुन् ।

चन्द्र ज्योति कन्स्ट्रक्सनले भ्याटसहित ८ करोड, ३९ लाख, ५१ हजार ७७४ रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त योजना अन्तरगत बजार एवम् मन्दिर परिसरको सडक ढलान गरेर त्यसमाथि आकर्षक ढुङ्गा बिछ्याइने छ। सोही योजना अन्तरगत मध्यपहाडी लोकमार्गबाट पर्यटकीयस्थल रक गार्डेन जाने १२ सय मिटर सडक ढलान हुनेछ। यस्तै, हलेसी प्रवेश गेट नजिकै सवारी साधन पार्किङ स्थल निर्माण हुने सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इन्जिनियर गणेश पाण्डेले बताए ।

२०८१ जेठ २९ गते ठेक्का सम्झौता भएको उक्त योजना आगामी असार मसान्तसम्म सक्नुपर्ने छ। सम्झौता मिति भित्र सम्पन्न गर्ने गरी काम सुरु भइसकेको निर्माण व्यवसायीले बताएका छन्।

दैनिक रूपमा देश विदेशबाट दर्शन एवं भ्रमण गर्न हलेसीमा पर्यटक आउने गरेका छन्। तर, मन्दिर परिसरको सडक व्यवस्थित नहुँदा असहज हुने गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताइन् । शिलान्यास भएको योजना सम्पन्न पश्चात् हलेसी मन्दिर परिसर हिलो र धुलो मुक्त हुने मेयर राईको भनाइ छ। हलेसी नजिकै रहेको पर्यटकीयस्थल रक गार्डेनमा जाने सडकसमेत उक्त योजनाले ढलान भएपछि पर्यटकलाई सहज हुने छ।

साथै हलेसीमा पार्किङको समस्या रहेको छ। आगामी वर्षबाट त्यो समस्या पनि हल हुने मेयर राईले बताइन् ।

प्रकाशित मिति : २०८१, २३ भाद्र आइतबार ००:००  १२ : ३२ बजे