२०८१, २४ आश्विन बिहीबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान संशोधनमा सहमति तर समावेशी व्यवस्था हटाउनेमा विमति: प्रचण्ड



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार बिहान पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उपलब्धिलाई मास्ने काम भने सह्य नहुने चेतावनी दिए ।

उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष दाहालले माओवादीले सुरू गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको जिकिर गरे ।

भ्रष्टाचारी एवं विचौलियालाई कारबाही थालेपछि आफू सत्ताबाट बाहिरिनुपरेको उनको दाबी छ ।

बहुमतका नाममा जथाभावी गर्ने छुट कोही कसैलाई पनि नरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८१, २३ भाद्र आइतबार ००:००  १२ : ३७ बजे