२०८१, ६ पुस शनिबार | Sat Dec 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘शी लिड्स आइकन’ का लागि १४० जनाको आवेदन, २७ जना सर्ट लिष्टमा

देशभरका ३ महिला जनप्रतिनिधि सम्मानित हुने



‘शी लिड्स आइकन’ कार्यक्रममा सहभागी हुन देशभरका १४० जना महिला जनप्रतिनिधिले आवेदन दिएका छन् । महिला जनप्रतिनिधिको प्रेरणादायी कार्यको सम्मानमा आयोजित ‘शी लिड्स आइकन’ कार्यक्रममा देशभरका १४० जना महिला पालिका अध्यक्ष र उपाध्यक्षले आवेदन दिएका हुन् ।

जन्मजात विभेद र मानव अधिकारको कमीको शिकार भई आएका महिलाको संघर्षको कदर गर्दै ‘कल्प इम्पावर वेमेन नेपाल’ले ‘शी लिड्स आइकन’ कार्यक्रमको आयोजना गरिएको छ । यो कार्यक्रम नेपाली महिला जनप्रतिनिधिको प्रेरणादायी कार्यलाई सम्मान गर्दै, विश्वस्तरमा उनीहरूको योगदान उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

‘शी लिड्स आइकन’ कार्यक्रमले नेपाली महिलाहरूको राजनीतिक, सामाजिक, र सार्वजनिक जीवनमा उल्लेखनीय योगदानलाई सम्मान गर्दै, महिला नेतृत्वको उत्कृष्टता प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । यस कार्यक्रममार्फत चुनिएका महिला जनप्रतिनिधिको संघर्ष, अनुभव र योगदानलाई जनसमक्ष प्रस्तुत गरिने छ । जसले अन्य महिला जनप्रतिनिधिलाई प्रेरित गर्ने आयोजक कल्प इम्पावर वेमेन नेपालका अध्यक्ष पुजा कोइरालाले बताइन् ।

कार्यक्रमको शुरुआतमा महिला जनप्रतिनिधिलाई खुल्ला रूपमा आवेदन दिने आव्हान गरिएको थियो । जसमा कुल १४० जना महिला जनप्रतिनिधिको आवेदन प्राप्त भएको छ । आवेदन फारामहरूको संकलन विभिन्न जिल्लाबाट गरिएको थियो । आवेदनबाट २७ जना सर्ट लिष्टमा परेका छन् ।

‘शी लिड्स आइकन’ मा बाग्लुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, सुनवल नगरपालिकाकी मेयर विमला अर्याल लगायत छन् ।

चयन भएका प्रतिनिधिलाई जनमतको लागि प्रस्ताव गरिएको र जनमत अनलाइन प्रणाली (इसेवा) र अफलाइन मोबाइल म्यासेज प्रणालीबाट संकलन गरिएको बताइएको छ । जनमतको आधारमा ३ जना ‘शी लिड्स आइकन’को रूपमा चयन गरिने बताइएको छ । छनोट भएका महिला जनप्रतिनिधिको कार्यस्थलमा गई नेपाल वृत्तचित्र तयार गरिने आयोजकको भनाइ छ ।

निर्णायक मण्डलमा राजनीतिक क्षेत्रबाट अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रबाट सरु जोशी, मिडिया क्षेत्रबाट चारु चड्डा छन् ।

को को छन सहभागी महिला जनप्रतिनिधि ?

कोशी प्रदेशः – झापाः मीना कुमारी खतिवडा पौडेल (उपप्रमुख) – मोरंगः आशा शिवाकोटी (उपप्रमुख) – तेह्रथुमः गीता देवी तिम्सिना गौतम (उपाध्यक्ष) – झापाः रेगीना भट्टराई प्रसाई (उपप्रमुख)

सुदूरपश्चिम प्रदेशः – अछामः विमला कुमारी शाही (उपाध्यक्ष) – बाजुराः सीता थापा (उपाध्यक्ष) – बैतडीः धाना धामी (उपाध्यक्ष)

लुम्बिनी प्रदेशः – पाल्पाः सरस्वती दर्लामी चिदी (अध्यक्ष) – नवलपरासीः विमला अर्याल (प्रमुख) – रुकुम पूर्वः भुपेन्द्रा बुढा (उपाध्यक्ष) – गुल्मीः सीता गिरी (उपाध्यक्ष), सरिता खड्का (उपाध्यक्ष) – रुपन्देहीः सावित्रा देवी अर्याल (उपप्रमुख) – रोल्पाः गीता आचार्य (उपप्रमुख)

मधेश प्रदेशः – पर्साः ममता महतो (उपाध्यक्ष) – धनुषाः फुल कुमारी सिंह (उपाध्यक्ष)

बागमती प्रदेशः – धादिङः सविता अर्याल (उपाध्यक्ष) – रामेछापः बाल कुमारी कार्की थापा (उपप्रमुख) – काभ्रेपलाञ्चोकः तारा राना तिमल्सिना (उपाध्यक्ष), विमला सापकोटा (दाहाल) (उपप्रमुख)

गण्डकी प्रदेशः – बागलुङः गण्डकी थापा अधिकारी (अध्यक्ष) – म्याग्दीः दिवा कुमारी तिलिजा पुन (उपाध्यक्ष) – गोरखाः रीता देवकोटा (उपाध्यक्ष)

कर्णाली प्रदेशः – कालिकोटः अल्किना बम (उपाध्यक्ष) – सल्यानः सनसिल्ता वली (डिसी) (उपाध्यक्ष) – दैलेखः तप्ता थापा (उपप्रमुख), मञ्जु कुमारी शर्मा (पाण्डे) (उपाध्यक्ष)

ल्प इम्पावर वेमेन नेपाल  महिला सशक्तिकरण र सार्वजनिक जीवनका विभिन्न क्षेत्रहरूमा वकालत गर्दै आएको सामाजिक संस्था हो ।

यो संस्थाले महिलाहरूको स्वास्थ्य, उद्यमशीलता, किशोरी सशक्तीकरण र राजनीतिमा महिला सहभागिता बढाउने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमले महिला जनप्रतिनिधिहरूको कार्य र संघर्षलाई समाजमा प्रोत्साहन गर्ने अवसर प्रदान गर्दै, महिला नेतृत्वको महत्वलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रकाशित मिति : २०८१, २५ भाद्र मंगलबार ००:००  १ : २५ बजे