२०८२, २८ फाल्गुन बिहीबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको गेस्ट हाउसमा एक जना मृत भेटिए



काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित एक गेस्ट हाउसमा मंगलबार दिउँसो एक जनाको शव भेटिएको छ।

गेस्ट हाउसको तीन तलाको कोठ नम्बर ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

शव पोस्टमर्टमका लागि पठाइएको र टनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१, २५ भाद्र मंगलबार ००:००  ८ : ४८ बजे