२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भदौ ३१ गते प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने



प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुने अमेरिका जाँदैछन्।

उक्त भ्रमणको एजेन्डाबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ।

भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण तालिका स्वीकृत गरेको थियो।

प्रकाशित मिति : २०८१, २७ भाद्र बिहीबार ००:००  ९ : २१ बजे