२०८१, २ आश्विन बुधबार | Wed Sep 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकर्णेश्वरबाट ६ जना जुवाडे पक्राउ



जुवातास खेलेको आरोपमा गोकर्णेश्वरबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बुद्धचोकस्थित अन्जन श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा आइतबार दिउँसो प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–३ घर भएका ३० वर्षीय विनोद तामाङ समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ४ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८१, ३१ भाद्र सोमबार ००:००  २ : ४६ बजे