२०८१, २ आश्विन बुधबार | Wed Sep 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४० सहकारीको ८७ अर्ब अपचलन, सहकारीबाट गोर्खा मिडियामा ६७ करोड भित्रियो



सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिले प्रतिवेदन टुंग्याएको छ । प्रतिवेदनमा देशभरका ४० वटा सहकारीबाट ८७ अर्ब रूपैयाँ अपचलन भएको निष्कर्ष निकालिएको हो ।

समितिले साढे तीन महिना लगाएर अध्ययन-अनुसन्धान गरेको हो । आजको वैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिएर संसदमा बुझाइएको छ । प्रतिवेदनमा समितिका सबै सदस्यले हस्ताक्षर गरेका छन् । प्रतिवेदनमा १८ वटा परिच्छेदहरु रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न रहेको गोर्खा मिडियामा सहकारीबाट आएको रकमबारे पनि विस्तृत अध्ययन समितिले गरेको छ । स्रोतका अनुसार सहकारीबाट गोर्खा मिडियामा ६७ करोड रूपैयाँ भित्रिएको थियो । उक्त रकम भित्र्याउन जीवी राईलाई एकल जिम्मेवार ठहर्‍याइएको छ ।

प्रकाशित मिति : २०८१, ३१ भाद्र सोमबार ००:००  ३ : ०० बजे