२०८३, ९ भदौ मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटेकोशीमा गाडी खस्दा हराएका चालकको शव सुनकोशीमा भेटियो



भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव फेला परेको छ ।

भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ ढुंगाखानीस्थित सडकबाट बोलेरो जिप भोटेकोशीमा खसेको थियो ।

उक्त गाडीका चालक भोटेकोशी गाउँपालिका-५ सानु तामाङको शव सशस्त्रको टोलीले सोमबार सिन्धुलीको फिक्कल गाउँपालिका-६ स्थित सुनकोशी नदीबाट निकालेको थियो ।

तामाङको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल राखिएको छ ।

प्रकाशित मिति : २०८१, १ आश्विन मंगलबार ००:००  ९ : ५९ बजे