२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वासको मत लिँदै कोसीका मुख्यमन्त्री



कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। दिउँसो १ बजे सुरू हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ।

उनलाई मुख्यमन्त्री बन्न सहयोग गरेको दल नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि चार महिनाका बीचमा दोस्रोपटक विश्वासको मत लिनुपर्ने बाध्यता मुख्यमन्त्रीलाई आइलागेको हो।

माओवादी केन्द्रले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन भदौ १४ मा फिर्ता लिएको थियो। माओवादी समर्थनमा गएको वैशाख २७ गते मुख्यमन्त्री नियुक्त एमाले नेता कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए। गएको असार १७ मा केन्द्रमा ने‍कपा (एमाले) र नेपाली कांग्रेस गठबन्धन बनेपछि कोसीमा साउन ११ मा माओवादीले सरकार छाडेको थियो। कोसी सरकारमा नेपाली कांग्रेस सहभागी भइसकेको छ।

कोसी प्रदेशसभाका दुई ठूला दलको गठबन्धन भएका कारण मुख्यमन्त्री कार्कीले सहजै विश्वासको मत पाउने अवस्था छ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन् भने दोस्रो ठूलो दल कांग्रेससँग २९ जना सांसद छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत भए पुग्छ। सत्ता गठबन्धनसँग  ६९ जना सांसद संख्या छ।

प्रकाशित मिति : २०८१, २ आश्विन बुधबार ००:००  १० : ५१ बजे