२०८१, ३ आश्विन बिहीबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ६६ र विपक्षमा १५ मत



कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । दुई तिहाइ मतसहित उनले बिश्वासको मत प्राप्त गरेका छन् । विभाजनको प्रक्रियामार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ ।

त्यस्तै, नेकपा एस समाजवादीका जनाले २ जनाले मतदान गरेनन् । आजको सभामा प्रदेश सभाका सदस्य ८३ उपस्थिति रहेका थिए । यस अघि मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिएका थिए । गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि आज पुनः विश्वासको मत लिनुपरेको हो ।

कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन् । नेकपा एमालेका ४० ,नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक प्रदेश सभा सदस्य छन् । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार छ ।

प्रकाशित मिति : २०८१, २ आश्विन बुधबार ००:००  ६ : ५५ बजे