२०८१, ४ आश्विन शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व पर्यटन दिवस: ठमेलमा महोत्सव हुने



विश्व पर्यटन दिवसको अवसर पारी ठमेलमा महोत्सव आयोजना हुने भएको छ ।

ठमेल नखः नाममा महोत्सव आयोजना गर्न लागिएको ठमेल पर्यटन विकास परिषद्ले जानकारी दिएको छ ।

असोज ११ गते (सेप्टेम्बर २७) का हुने महोत्सवमा संस्कृति, संगीत, कला र खानाको संयोजन रहने परिषद्को भनाइ छ ।

ठमेलको भावना र पर्यटनका लागि गतिशील हबका रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको ठमेल नखः ले नेपालको सांस्कृतिक सम्पदाहरूका विविध अनुभव प्रदान गर्ने समेत परिषद्को भनाइ छ ।

महोत्सवमा नेपालको समृद्ध सांस्कृतिक सम्पदा झल्काउने परम्परागत र समसामयिक नृत्य, संगीत र नाटक उत्सव कार्यक्रम राखिएको छ ।

ठमेल र काठमाडौंको कलात्मक स्वभाव झल्कने गरी स्थानीय कलाकारले कला प्रदर्शनी र प्रत्यक्ष कला स्थापना गर्ने भएका छन् ।

ठमेलको आकाशमा चङ्‍गाहरू प्रदर्शन गरिने भएको छ । स्थानीय र अन्तर्राष्ट्रिय परिकार सहितको ठमेलको उत्कृष्ट स्वादहरू पस्किने तयारी छ । ठमेलको मुटुमा थाई खेलाडीहरूले आफ्नो सिप प्रदर्शन गर्दै मार्शल आर्ट प्रदर्शन गर्ने भएका छन् ।

प्रकाशित मिति : २०८१, ४ आश्विन शुक्रबार ००:००  २ : ४५ बजे