२०८१, २३ आश्विन बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलाई पक्राउ नगर्न माग गर्दै ठाउँ ठाउँमा रास्वपाको विरोध प्रदर्शन



पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले विरोध जनाएका छन् । सहकारी ठगिको बहानामा राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गर्न खोजिएको भन्दै रास्वपाका कार्यकर्ताले विरोध जनाएका हुन् ।

काठमाडौं स्थित पार्टी कार्यालयमा राश्वपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिती छ । हिजोँ साँझ देखि नै राश्वपाका रानजधानीमा उपलब्ध नेता कार्यकर्ता पार्टी कार्यालय परिषद्मा छन् ।

उता रवि पक्राउ नगर्न माग गर्दै उनका कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन गरेका छन् ।

पोखरा सहिद चोकमा रास्वपा गण्डकीको संयोजनमा विरोध प्रदर्शन गरिएको छ ।

उनीहरुले सहकारीपीडितलाई न्याय देउ भन्दै  प्लेकार्ड समेत बोकेका थिए ।

रास्वपा गण्डकी सभापति राजन गौतमले सभापति रवि लामिछानेलाई सरकारले फसाउन षड्यन्त्र गरेको बताए । उनले सभापतिलाई गर्दै नगरेको काण्डमा फसाउन लागेको दाबी गरे ।

सहकारी मार्फत जम्मा भएको रकम गोरखा मिडियामा रवि लामिछानेसहितका व्यक्तिले अपचलन गरेको भन्दै संसदिय छानविन समितिले कारबाहीका लागि सिफारिस गरेको थियो । समितिको सुझावका आधारमा सरकारले सहकारी ठगिमा संलग्नलाई कारबाही गर्न सुरु गर्दै गोरखा मिडियाका तत्कालिन सञ्चालक पूर्व डिआइजी छवी लालजोशीलाई पक्राउ गरिसकेको छ ।

प्रहरी स्रोतका अनुसार रवि लामिछानेलाई पनि पक्राउ गरेर मुद्दा चलाउने तयारी छ । यद्यपि लामिछानेले आफुलाई पक्राउ गरे देशभरबाट राश्वपाका कार्यकर्ताले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८१, ७ आश्विन सोमबार ००:००  १२ : २० बजे