२०८३, ९ भदौ मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटेकोसीले लार्चाको बेलिब्रिज बगायो, तातोपानी नाकासँग सम्पर्क टुट्यो



भोटेकोसी नदीले लार्चाको पुल बगाएको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा पर्ने लार्चा खोलाको बेलिब्रीज बाढीले बगाएको हो ।

लगातारको वर्षासँगै आएको बाढीले शनिबार बिहान लार्चाको पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ ।

वर्षापछिको बाढी र पहिरोका कारण सडक, पुल र अन्य पूर्वाधारमा क्षति पुगेको भोटेकासी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए  । थप जनधनको क्षति हुन नदिन उच्च सतर्कता अपनाउन अपिल गरिएको अध्यक्ष शेर्पाको भनाई छ ।

बाढीले बगाउनु अघिको तातोपानी जोड्ने लार्चाको पुल । तस्बिर : सरोज नगरकोटी, अनलाइन सरोकार

अहिले भोटेकोसीको जलसतह बढ्दो क्रममा रहेकाले तातोपानी, बाह्रबिसे लगायतका बजार तटीय क्षेत्र जोखिममा परेका छन् ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार ००:००  १ : ०८ बजे