२०८१, २३ आश्विन बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाले भन्याे- दुई दिनको पानीले दुई तिहाइको औकात देखायो



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरेको छ ।

आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल भएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

जोखिम छ भन्ने पूर्व सूचना हुँदा पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको उसको ठहर छ ।

‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका देखिँदैन’, झाले भने, ‘२ दिनको पानीले दुई तिहाइको औकात देखाइदियो ।’

सरकारको ध्यान रवि, बालेन, हर्क, कुलमानहरुलाई लखेट्न मात्र रहेको उनको टिप्पणी छ ।

प्रकाशित मिति : २०८१, १३ आश्विन आइतबार ००:००  ४ : १९ बजे