२०८१, २९ मंसिर शनिबार | Sat Dec 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौसम फेरि बद्लियाे, जाेखिम बढ्ने खतरा !



विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशबाट फेरि बदली सुरू भएको हो ।

आजबाट कोशीमा बादलले ढाकिसकेको छ । भने, त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ । विशेषगरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ । भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा केही कम हुनेछ ।

यो असर भोलि र पर्सिसम्मै रहने पूर्वानुमान छ ।

यसअघि ३ दिनको लगातारको झरीले देशभर जमिन गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।

भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा छ ।

कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ । अबकाे केहीदिन कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ ।

देशभर विपद्काे जाेखिम रहेकाले सतर्क रहन विज्ञहरुकाे सुझाव छ ।

प्रकाशित मिति : २०८१, १५ आश्विन मंगलबार ००:००  ३ : ०७ बजे