राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ वटै जिल्लाहरुको संयोजक मनोनीत गरेको छ ।
काठमाडौंमा बसेको केन्द्रीय नेताहरुको बैठकले जिल्ला संयोजक तोकेको हो ।
बैठकले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई बाढी पहिरोबाट प्रभावितहरुको राहत र उद्धारमा लाग्न समेत निर्देशन दिएको उनले बताए ।