२०८१, १९ आश्विन शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुर्कोटको पुल तत्काल नबन्ने, अब के हुन्छ ?

मन्थलीका मेयर भन्छन् : वैकल्पिक व्यवस्था हुन्छ नभए जनप्रतिनिधिकाे आलाेचना हुन्छ



सुनकोशीको बाढीले बगाएको खुर्कोटको पुल तत्काल नबन्ने भएको छ । असोज १२ गतेको बाढीले बगाएको यो पुल दशैं अगाडी नबन्ने भएको हो ।

सिन्धुलीको खुर्कोट बजारबाट रामेछाप जोड्ने पक्की पुलको आधाभाग सुनकोशी नदीले बगाएसँगै रामेछाप, ओखलढुंगा र दोलखाको आधाभागको शहरी क्षेत्रसँगको सम्बन्ध टुटेको छ । दशैंको मुखमा पुल बाढीले बगाएर सडक अवरुद्ध भएपछि दशैं मनाउन शहरबाट  गाउँ जानेहरु अलपत्र परेका छन् । गाउँमा खाद्यन्न ढुवानीको एकमात्रै मार्गमा सवारी आवागमन ठप्प भएपछि खाद्यन्न अभावले रामेछाप, दोलखा र ओखलढुंगाको पश्चिमी क्षेत्रमा यसवर्षको दशैं खल्लो हुने परिस्थिती उत्पन्न भएको छ ।

दोलखाको जिरी, चरिकोट घुमेर यात्रा गर्न सकिने भएपनि सहज छैन ।

खुर्कोटको पुल बाढीले बगाएपछि सिधा यातायात सञ्चालन गरी समस्याको समाधान गर्न र वैकल्पिक व्यवस्था गर्न संघ सरकार र प्रदेश सरकारसँग पहल गरिएको रामेछापको मन्थलीका मेयर लब श्रेष्ठले अनलाइन सरोकारसँग बताए । खुर्कोटमा तत्काल पुल बनाउने सम्भावना नभएकाले बेलिब्रीज राख्न र अन्य बैकल्पिक बाटाहरुबाट सवारी सञ्चालन गर्न पहल भईरहेको मेयर श्रेष्ठको भनाई छ । जनप्रतिनिधिले याे बेला जनताकाे सेवा गर्न नसके आलाेचनाकाे सिकार बनेर लज्जित हुनुपर्ने भएकाले सबैले हात्तेमालाे गरेर विकल्प तयार गर्नुपर्ने उनकाे तर्क छ ।

खुर्कोटको पुल र ठाउँ ठाउँमा सडक बाढीपहिरोले बगाएपछि यसक्षेत्रको जनजिवन कष्टकर बनेको छ । रामेछापको मन्थली, ओखलढुंगाको रुम्जाटारसहितका विमानस्थलमा नियमित उडानको आवाज उठेपनि सुनुवाई भएको छैन । सोलुखुम्बुको फाप्लु विमानस्थल भएर यात्रा गर्न चाहनेले पनि टिकट पाएका छैनन् ।

प्रकाशित मिति : २०८१, १६ आश्विन बुधबार ००:००  ११ : ०९ बजे