२०८२, १३ बैशाख शनिबार | Sat Apr 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लामा घर पोत्ने माटो खन्दा ढिस्कोले पुरिएर २ जनाको मृत्यु



हुम्लामा बुधबार दसैँमा घर पोत्न (सरसफाइ) का लागि माटो खन्ने क्रममा पुरिएर दुई जना को मृत्यु भएको छ।

जिल्लाको ताँजाकोट गाउँपालिका-३, औलस्थित सियाणी खोलामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका ३ राम गाउँका २४ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसरा मल्ल छन्।

दसैँका लागि घर सफा गर्ने सेतो कमेरो खन्न गएको समयमा उनीहरूलाई ढिस्कोले पुरेको हो।

बुधबार बिहान ८ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतक ध्रुव शाही ताँजकोट गाउँपालिका रोजगार शाखाका प्राविधिकसमेत हुन्।

यस्तै उनीहरूसँगै सेते कमेरो (माटो) लिन गएका रामगाउँकै २६ वर्षीय लालबहादुर शाही घाइते भएका छन्।

स्थानीयका अनुसार हुम्लाका धेरैजसो नागरिकले चुनाको प्रयोग नगरी घरमा सेतो कमेरोको प्रयोग गर्ने गरेका छन्।

माटो खनेको स्थानमा ठूलो ओढार बनेको छ।

उनीहरू माटो निकाल्न ओढारभित्र पसेका थिए। सोही बेला माथिबाट ढिस्कोले उनीहरूलाई पुरेको हो।

उनीहरूको शव पालिकामा राखिएको र पोस्टमार्टमका लागि सिमकोटबाट चिकित्सको टोली त्यसतर्फ लागेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१, १६ आश्विन बुधबार ००:००  १ : ५९ बजे