२०८१, १९ आश्विन शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लाकाे तीर्थसैनामा बोलेरो दुर्घटना, २ जनाकाे मृत्यु



हुम्लाकाे तीर्थसैनामा बोलेरो दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । शनिबार दिउँसो ताँजकोट गाउँपालिका–४ को पैमा खोला नजिक रहेको तीर्थसैना बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्युभएको हाे ।

लु १ ज २३४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ । पाँच जना घाइते भएका छन् ।

हुम्लाबाट नेपालगञ्जबाट जादैँ गरेको जीप शनिबार दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर २० घरभएकी ४९ वर्षिय बिष्नु परियार र नाम नखुलेका अन्दाजी छ वर्षका बालककको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिए । गियरबस बिग्रीएर जीप रोकि राखेको अवस्थामा ब्याक भइ तीन सय मिटर तल खसेको बताइएको छ ।

मैला कवाडी प्रहरी चौकीका असइ गोपाल वलीको नेतृत्वमा ६ जना प्रहरी घट्नास्थलमा पुगेको छ ।

प्रकाशित मिति : २०८१, १९ आश्विन शनिबार ००:००  ५ : १८ बजे