ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस दोलखाको बैत्यश्वर गाउँपालिका-६ गोपीखोलामा दुर्घटना भएको छ । दुई बस एक आपसमा ठक्कर खाँदा ४ जना घाईते भएका छन् ।
बा५ ख ५६३१ नम्बर र प्रदेश ३.०१०५ ख ३९५६ नम्बर बस एक आपसमा आईतबार दिउँसो ठकिएर दुर्घटना भएको हो।
दुर्घटनामा घाईते भएकाहरुलाई उपचारका लागि चरिकोट ल्याईएको छ । घाइतेहरुको चरिकोटमा उपचार भइरहेको छ ।