२०८३, २८ जेष्ठ बिहिबार | Thu Jun 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु



तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा सोमबार बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ।

गोरखा घर भई हालः जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए।

गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रोले ठक्कर दिइ गम्भीर घाइते बनाएको थियो। घाइते नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०८१, २८ आश्विन सोमबार ००:००  ३ : ४० बजे