२०८१, १ कार्तिक बिहीबार | Thu Oct 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रहरीको सेवा विश्वमै उत्कृष्ट : मुख्यमन्त्री लामा



बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाल प्रहरीको सेवा विश्वमै उत्कृष्ट रहेको बताएका छन् । सिमित स्रोत र साधनका बावजुद पनि नेपाल प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम गर्दै खेलेको भूमिका विश्वमै नमुना रहेको बताएका हुन् ।

नेपाली प्रहरीको ६९ औं स्थापना दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले राज्यले प्रहरीलाई स्रोत साधन सम्पन्न बनाउन नसके पनि नागरिकको जीउधनको रक्षाका लागी कर्तव्यनिष्ठ भएर काम गरिरहेको भन्दै प्रहरीको प्रशंसा गरेका छन् ।

जनताले प्रहरी संगठनका माध्यमबाटै राज्यको उपस्थिति अनुभूति गरिरहेको मुख्यमन्त्री लामाको दावी थियो । ‘प्रहरी संगठनका माध्यमबाटै राज्यले जनता समक्ष आफ्नो पहिलो उपस्थिति देखाउने गरेको छ । शान्ति सुरक्षा व्यवस्थित हुँदा त्यहाँ जनताले राज्यको अनुभूति गर्ने गरेका छन्,’ उनले भने, ‘प्रहरी संगठनलाई व्यवस्थित र मर्यादित बनाउन प्रदेश सरकार सदैव तत्पर छ, प्रहरीलाई भौतिक र प्राविधिक रुपमा सम्पन्न बनाउन प्रदेश सरकारले अभिभावकको भूमिका निर्वाह गर्छ, ।’ विपदका बेला प्रहरीले खेलको भूमिका, लागूपदार्थ नियन्त्रण, अपराध न्युनिकरण जस्ता कार्यमा प्रहरीले देखाएको कार्य कुशलता मुख्यमन्त्री लामाले प्रशंसा गरेका छन् ।

यसपटकको प्राकृति विपदका बेला नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसा योग्य रहेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले प्रहरीमाथीको जनताको भरोसालाई सदैव कायम राख्न सिंगो प्रहरी संगठन लाग्नुपर्ने बताए ।

उनले प्रहरीमाथीको जनताको विश्वास गिर्न नदिन प्रहरी संगठन सदैव चनाखो हुनुपर्नेमा पनि जोड दिए ।  

प्रदेश प्रहरी प्रमुख कृष्णहरि शर्माको अध्यक्षतामा भएको कार्यक्रमा प्रहरी सेवा निवृत्त भएका, प्रहरी सेवमा रहि उत्कृष्ट कार्यगर्ने प्रहरी, प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका उत्कृष्ट तथा विजेता र उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०८१, ३० आश्विन बुधबार ००:००  ३ : १७ बजे