२०८१, १ कार्तिक बिहीबार | Thu Oct 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुलिखेल-भकुण्डेबेँसी सडक खण्डमा रातभर सवारी आवागमन बन्द



नयाँ ट्रयाक खोलेर सुचारु गरिएको बीपी राजमार्गको धुलिखेल-भकुण्डेबेँसी खण्डमा रातभर सवारी आवागमन बन्द गरिएको छ ।

असोज दोस्रो साताको बाढीपहिरो र डुबानले क्षति पुर्‍याएको भकुण्डेबेँसी वर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटर सडक नयाँ ट्रयाक खोली यात्रुवाहक सवारी साधन सुचारु गरिएको थियो ।

तर, नयाँ ट्र्याकको मर्मत तथा सुधार कार्य भइरहेको साथै जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म उक्त खण्ड बन्द गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

हेर्नुहाेस् सूचना

प्रकाशित मिति : २०८१, ३० आश्विन बुधबार ००:००  ३ : ५४ बजे