२०८२, १ श्रावण बुधबार | Wed Jul 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘पूर्णबहादुरको सारङी’ को टेलर सार्वजनिक



ओखलढुंगामा छायांकन गरिएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ को टेलर सार्वजनिक भएको छ । आगामी कात्तिक १५ लक्ष्मीपूजाका दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ को ३ मिनेट २६ सेकेन्डकाे टेलर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् । गरिबीका कारण बुवाले झेल्नुपरेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा टिजरमा समेटिएको छ ।

अभिभावकले आफ्नो सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्ष तथा त्यसले दिने उपलब्धि समेटेको चलचित्र ओखलढुंगाको रुम्जाटारमा छायांकन गरिएको हाे ।

निर्माता विनोद पौडेलका अनुसार ‘पूर्णबहादुरको सारंगी’ एक विपन्न बुवाको आफ्नो सन्तानप्रतिको सपना पूरा गर्न गरिने संघर्षको कथा हो ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिस बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । यो फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेन्मेन्टले वितरण गर्दै छ ।

सोसल–ड्रामा जनरामा निर्माण भएको फिल्म गन्धर्व परिवारको कथामा आधारित छ। फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारंगी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

प्रकाशित मिति : २०८१, १ कार्तिक बिहीबार ००:००  ३ : ०६ बजे