२०८१, २ कार्तिक शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी ठगी र संगठित अपराधमा रविलाई के हुन्छ कारबाही ? कति बस्छन् जेल ?



पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका हुन् ।

सहकारी ठगीमा बिगोअनुसार २ देखि १० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था रहेको छ । त्यसमा संगठित अपराधमा पनि पुष्टि भए सहकारी ठगीमा हुने अधिकतम सजायको डेढीसम्म सजाय हुने छ । संगठित अपराध छुट्टै अपराध होइन । कुनै कसुरमा संगठितरूपमा अपराध गरेको पुष्टि भए सम्बन्धित कसुरमा हुने सजायको डेढी सजाय हुने कानूनी व्यवस्था रहेको छ ।

संगठित अपराधमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ । तर, यही कसुरमा करिब एक महिनाअघि पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेकाले अब पक्राउ पर्नेहरू बढीमा एक महिनामात्र प्रहरी हिरासतमा रहनेछन् । तर, सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भए हिरासतमा रहनु पर्ने समय बढ्न सक्नेछ । सम्पत्ति शुद्धीकरणको मुद्दामा ९० दिनसम्म हिरासतमा राख्न सकिने कानूनी व्यवस्था छ ।

पक्राउ पुर्जी जारी हुनु वा प्रहरीले अनुसन्धानमा राख्नु भनेको मुद्दा लागि हाल्नु होइन । मुद्दा चलाउने कि नचलाउने र कुन-कुन कसुर लगाउने भन्ने निर्णय सरकारी वकिल कार्यालयले गर्छ ।

पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरेपछि प्रमाण नपुगेको वा नरहेको भन्दै मुद्दा नचल्ने निर्णय भएका पनि थुप्रै उदाहरण छन् ।

प्रकाशित मिति : २०८१, २ कार्तिक शुक्रबार ००:००  ७ : १० बजे